• माघ १७, २०८१
  • No Comment
  • 13

त्रिदेशीय महिला टी–२०आई सिरिज : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय महिला टी–२०आई सिरिज सुरू हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजको पहिलो खेल नेपाल र नेदरल्याण्ड्सबिच हुनेछ । उक्त खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।

नेपालले महिला क्रिकेटमा पहिलो पटक नेदरल्याण्ड्ससँग भिड्न लागेको हो ।

सिरिजका एक टोलीले ६ खेल खेल्नेछ । नेपालले नेदरल्यान्डस् र थाइल्यान्डसँग ३–३ खेल खेल्नेछ ।

नेदरल्यान्डस् र थाइल्यान्डले पनि एक आपसमा ३ खेल खेल्नेछन् । यी खेल सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिरिजको उपाधि जित्नेछ ।

सम्बन्धित खबर

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ, जसलाई प्रेमिल जोडीहरूले एक अर्कासँग प्रेम व्यक्त गर्ने अवसरको रूपमा मनाउने गर्दछन्। फेब्रुअरी…
माैसमी पुर्वानुमान : तराईमा हुस्सु, अन्य स्थानमा मौसम सफा रहने

माैसमी पुर्वानुमान : तराईमा हुस्सु, अन्य स्थानमा मौसम सफा…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यसका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक…
चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह (म.स्वा.से.), र विद्यालय शिक्षकहरूलाई एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण…

Leave a Reply

Your email address will not be published. Required fields are marked *