- माघ ९, २०८१
- No Comment
- 16
कस्तो रहला सात प्रदेशको मौसम ?

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका थोरै भू–भागहरुमा हुस्सु लागेको छ ।
आज कोशी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै बागमती प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमा आज आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।