• माघ ५, २०८१
  • No Comment
  • 160

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य रम्तेल एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रम्तेललाई एमाले सुर्खेत जिल्ला कमिटीको कार्यालय वीरेन्द्रनगरमा नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटीले आज स्वागत गरेका हुन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीमा वैकल्पिक प्रदेश सदस्य रहेका रम्तेल यसअघि अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिव तथा कर्णाली प्रदेश कमिटीका अध्यक्ष समेत थिए ।

रम्तेलले माओवादीभित्र नातावाद, कृपावाद, अवसरवाद चुलिएको भन्दै इमान्दार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको बताएका छन् । रम्तेल सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं ३ का स्थायी वासिन्दा हुन ।
उनी धेरै पहिले देखि नै माओवादीभित्र रहेर काम गरिरहेका थिए । तर उनलार्इ पार्टिभित्र भएका त्रुटिहरू लार्इ निकाल्न समभ्व नभए पछि अाफै पार्टिबाट निस्किएकाे बताउछन

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *