• पुस २७, २०८१
  • No Comment
  • 96

जुम्लामा ८ हजार ८२९ छात्रालाई क्यान्सर विरूद्धको खोप लगाइने

जुम्लाका आठ वटै स्थानीय तहका ८ हजार ८ सय २९ जना छात्रालाई क्यान्सर विरूद्धको खोप लगाइने भएको छ ।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उक्त भाइरस विरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तह बाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ गते देखि फागुन ६ सम्म एकै पटक सञ्चालन हुनेछ । जुम्लाको हकमा फागुन देखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसै अनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखा सँग छलफल भइरहेको छ । कार्यालय प्रमुख सापकोटाले भने, “विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालय भित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई खोप लगाइने छ । त्यस्तै, पातारासी गाउँपालिकामा एक हजार एक सय ५८, सिंजामा नौ सय सात, तातोपानीमा एक हजार एक सय ५३ र तिलामा एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।

विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लु.एच.ओ.) बाट प्रमाणित उक्त खोप १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एच.पि.भी.को सङ्क्रमण बाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *