• पुस २७, २०८१
  • No Comment
  • 194

जुम्लामा ८ हजार ८२९ छात्रालाई क्यान्सर विरूद्धको खोप लगाइने

जुम्लाका आठ वटै स्थानीय तहका ८ हजार ८ सय २९ जना छात्रालाई क्यान्सर विरूद्धको खोप लगाइने भएको छ ।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उक्त भाइरस विरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तह बाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ गते देखि फागुन ६ सम्म एकै पटक सञ्चालन हुनेछ । जुम्लाको हकमा फागुन देखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसै अनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखा सँग छलफल भइरहेको छ । कार्यालय प्रमुख सापकोटाले भने, “विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालय भित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई खोप लगाइने छ । त्यस्तै, पातारासी गाउँपालिकामा एक हजार एक सय ५८, सिंजामा नौ सय सात, तातोपानीमा एक हजार एक सय ५३ र तिलामा एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।

विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लु.एच.ओ.) बाट प्रमाणित उक्त खोप १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एच.पि.भी.को सङ्क्रमण बाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *