• पुस २४, २०८१
  • No Comment
  • 192

अत्याधिक चिसो बढेपछि गौरका विद्यालय ३ दिनका लागि बन्द, चिसोले जनजीवन प्रभावित

केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै जाडो बढेपछि रौतहटका विद्यालय बन्द भएका छन्। चिसोले रौतहटका नागरिकको जनजीवन प्रभावित बनेको छ। केही दिनयता घाम नलागेका कारण थप समस्या भएको हो। जाडोले खासगरी विपन्न तथा गरिब परिवार प्रभावित भएका छन्।

गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै तीन दिन गौर नगर क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले जानकारी दिए।

चिसो र शीतलहरले रौतहटको व्यापारिक केन्द्र चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, समनपुरमा दिउँसो पनि चहलपहल देखिँदैन। चिसोले नागरिक प्रभावित बन्न थालेपछि जिल्ला विपत् व्यवस्थापन समितिले आगो बाल्नका लागि टोलटोलमा दाउरा वितरण गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले डिभिजन वन कार्यालय रौतहट र स्थानीय पालिकासँगको समन्वयमा टोलटोलमा दाउरा वितरण गर्ने निर्णय भएको जानकारी दिए। यस्तै, चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरणमा सहयोग गर्न विभिन्न गैरसरकारी तथा सरकारी संस्थालाई आग्रह गरिएको उनले बताए।

सशस्त्र प्रहरी फतुवा बेस क्यापले पनि आज आफ्नो क्षेत्रअन्तर्गत विभिन्न चोकमा दाउरा बाल्न सुरु गरेको छ। सशस्त्र प्रहरीले राजपुर, फतुवा महेशपुरलगायत चोकमा दाउरा बाल्ने व्यवस्था गरेको छ।

त्सैगरी देशका विभिन्न भुभागहरूमा पनि चिसाे निकै बढेकाे छ । त्यहाँ जनजीवन प्रभावित बनेकाे छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *