• पुस २३, २०८१
  • No Comment
  • 140

चिसोमा अदुवाको चिया अत्याधिक सेवन गरिरहनु भएको छ ? जान्नुहोस् यो कति खतरनाक छ

अदुवाको अत्यधिक सेवनले यसको साइड इफेक्ट शरीरमा स्पष्ट देखिन सक्छ। जस्तै छातीमा जलन, एसिड रिफ्लक्स, छातीको तल्लो भागमा जलन आदि हुने अध्ययनले जनाएको छ ।

अदुवा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर भनिन्छ, जुनसुकै कुराको लत सधैं हानिकारक हुन्छ । त्यसैगरी चियामा अदुवा पिसेर बारम्बार मिसाएर पिउने हो भने समग्र स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

जसका कारण पेट र छातीमा जलन हुने, पखाला लाग्ने, ग्यास लाग्ने र पेट दुख्ने समस्या हुनसक्छ । सन् २०१९ को एक अनुसन्धान अनुसार तपाईले शरीरमा अदुवाको साइड इफेक्ट देख्न सक्नुहुन्छ।

अदुवाको चिया धेरै पिउनाले एसिड रिफ्लक्सका कारण मुटुमा जलन हुन्छ, जसले छातीको तल्लो भागमा जलन हुने गर्छ । पूरै दिनमा १ ग्रामभन्दा बढी नुन खानु हुँदैन । अदुवाको चिया पिउनाले वा खानामा मिसाउँदा शरीरमा यस्ता समस्या निम्त्याउँछ ।

पेटको जलनः अदुवाले शरीरलाई न्यानोपन प्रदान गर्ने भए पनि यसको बढी सेवनले पेट जलन, एसिड बन्ने, ग्यास र कब्जियत जस्ता समस्या निम्त्याउन सक्छ। तर, खाना खाएपछि थोरै मात्रामा सेवन गरेमा पेट फुल्ने समस्या कम हुन्छ ।

रगत जम्नलाई असर गर्छः अदुवामा रगतलाई पातलो बनाउने गुण हुन्छ। तर, यसको अत्याधिक सेवनले रगत जम्ने समस्यालाई असर गर्न सक्छ। यसको अत्याधिक सेवनले रगत पातलो बनाउने औषधि सेवन गर्नेहरुको समस्या बढ्न सक्छ ।

रगतमा चिनीको मात्रा कम हुन सक्छः खानामा अदुवाको मात्रा बढी समावेश गर्दा इन्सुलिनको स्तरमा बाधा पुग्न सक्छ। जसका कारण रगतमा चिनीको मात्रा अचानक घट्न सक्छ ।

मुखमा घाउः अदुवाको धेरै सेवन गर्नुहुन्छ भने यो समस्याले सताउन सक्छ । त्यसैले अदुवालाई सकेसम्म सीमित मात्रामा प्रयोग गर्नुहोस्।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *