• पुस २३, २०८१
  • No Comment
  • 114

चिसोमा अदुवाको चिया अत्याधिक सेवन गरिरहनु भएको छ ? जान्नुहोस् यो कति खतरनाक छ

अदुवाको अत्यधिक सेवनले यसको साइड इफेक्ट शरीरमा स्पष्ट देखिन सक्छ। जस्तै छातीमा जलन, एसिड रिफ्लक्स, छातीको तल्लो भागमा जलन आदि हुने अध्ययनले जनाएको छ ।

अदुवा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर भनिन्छ, जुनसुकै कुराको लत सधैं हानिकारक हुन्छ । त्यसैगरी चियामा अदुवा पिसेर बारम्बार मिसाएर पिउने हो भने समग्र स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

जसका कारण पेट र छातीमा जलन हुने, पखाला लाग्ने, ग्यास लाग्ने र पेट दुख्ने समस्या हुनसक्छ । सन् २०१९ को एक अनुसन्धान अनुसार तपाईले शरीरमा अदुवाको साइड इफेक्ट देख्न सक्नुहुन्छ।

अदुवाको चिया धेरै पिउनाले एसिड रिफ्लक्सका कारण मुटुमा जलन हुन्छ, जसले छातीको तल्लो भागमा जलन हुने गर्छ । पूरै दिनमा १ ग्रामभन्दा बढी नुन खानु हुँदैन । अदुवाको चिया पिउनाले वा खानामा मिसाउँदा शरीरमा यस्ता समस्या निम्त्याउँछ ।

पेटको जलनः अदुवाले शरीरलाई न्यानोपन प्रदान गर्ने भए पनि यसको बढी सेवनले पेट जलन, एसिड बन्ने, ग्यास र कब्जियत जस्ता समस्या निम्त्याउन सक्छ। तर, खाना खाएपछि थोरै मात्रामा सेवन गरेमा पेट फुल्ने समस्या कम हुन्छ ।

रगत जम्नलाई असर गर्छः अदुवामा रगतलाई पातलो बनाउने गुण हुन्छ। तर, यसको अत्याधिक सेवनले रगत जम्ने समस्यालाई असर गर्न सक्छ। यसको अत्याधिक सेवनले रगत पातलो बनाउने औषधि सेवन गर्नेहरुको समस्या बढ्न सक्छ ।

रगतमा चिनीको मात्रा कम हुन सक्छः खानामा अदुवाको मात्रा बढी समावेश गर्दा इन्सुलिनको स्तरमा बाधा पुग्न सक्छ। जसका कारण रगतमा चिनीको मात्रा अचानक घट्न सक्छ ।

मुखमा घाउः अदुवाको धेरै सेवन गर्नुहुन्छ भने यो समस्याले सताउन सक्छ । त्यसैले अदुवालाई सकेसम्म सीमित मात्रामा प्रयोग गर्नुहोस्।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *