• पुस २१, २०८१
  • No Comment
  • 166

सर्लाहीमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहको आक्रमण, प्रहरीले गर्यो पाँच राउन्ड हवाई फायर

सर्लाहीको रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहले आक्रमण गरेको छ । गएराति गाडी जाँच गर्ने क्रममा वडा नम्बर ५ का अध्यक्ष शिवनन्दन यादवसहितका युवाले प्रहरीमाथि आक्रमण गरेका हुन् ।

झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । राति ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमान्डमा जाँच भइरहेका बेला रामनगर गाउँपालिका–५ का वडाध्यक्ष शिवनन्दन यादवसहितको युवाले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

आक्रमणबाट ट्राफिक प्रहरी हवल्दार शैलेन्द्र राय गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउकोमा गहिरो चोट लागेकाले जनकपुरको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घटनापछि त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भइरहेको छ । आफूले प्रहरीमाथि आक्रमण नगरेको र गाउँका युवाले आक्रमण गर्न थालेपछि छुट्याउन मात्र त्यस ठाउँमा पुगेको वडाध्यक्ष यादवको भनाइ छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *