• पुस २१, २०८१
  • No Comment
  • 91

सर्लाहीमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहको आक्रमण, प्रहरीले गर्यो पाँच राउन्ड हवाई फायर

सर्लाहीको रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहले आक्रमण गरेको छ । गएराति गाडी जाँच गर्ने क्रममा वडा नम्बर ५ का अध्यक्ष शिवनन्दन यादवसहितका युवाले प्रहरीमाथि आक्रमण गरेका हुन् ।

झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । राति ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमान्डमा जाँच भइरहेका बेला रामनगर गाउँपालिका–५ का वडाध्यक्ष शिवनन्दन यादवसहितको युवाले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

आक्रमणबाट ट्राफिक प्रहरी हवल्दार शैलेन्द्र राय गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउकोमा गहिरो चोट लागेकाले जनकपुरको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घटनापछि त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भइरहेको छ । आफूले प्रहरीमाथि आक्रमण नगरेको र गाउँका युवाले आक्रमण गर्न थालेपछि छुट्याउन मात्र त्यस ठाउँमा पुगेको वडाध्यक्ष यादवको भनाइ छ ।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *