• पुस १७, २०८१
  • No Comment
  • 192

अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद

अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेशनु (एफबीआई) ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ ।

भर्जिनियामा छापा मार्ने क्रममा एक सय ५० वटा बम बरामद गरेको एफबीआईले जनाएको छ । यो अमेरिकाको इतिहासमा बरामद भएका अहिलेसम्मकै सबैभन्दा धेरै विस्फोटक पदार्थ हुन् ।
यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विस्फोटक बरामद हो। आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो।

एफबीआईलाई उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी प्राप्त गरेको थियो ।

अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको असुरक्षित झोलामा ‘नो लाइभ म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

वास्तवमा, ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिन्छ। ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *