• पुस १७, २०८१
  • No Comment
  • 109

कस्तो छ आज सातै प्रदेशको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आन्शिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशको तराईका भू–भागमा हुस्सु लागेको अवस्था छ ।

आज कोशी प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै मधेश प्रदेश र बागमती प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पनि आज दिउसो सबै क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी आज लुम्बिनी र कर्णाली प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा हाल सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईमा रहेको हुस्सु्‌/कुहिरो भोली विहानसम्म पनि जारी रहने तथा बाँकी तराईका भू–भागमा पनि बिहानी पख हुस्सु/कुहिरोको सम्भावना रहेको देखिएकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *