• पुस १७, २०८१
  • No Comment
  • 153

कस्तो छ आज सातै प्रदेशको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आन्शिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशको तराईका भू–भागमा हुस्सु लागेको अवस्था छ ।

आज कोशी प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै मधेश प्रदेश र बागमती प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पनि आज दिउसो सबै क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी आज लुम्बिनी र कर्णाली प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा हाल सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईमा रहेको हुस्सु्‌/कुहिरो भोली विहानसम्म पनि जारी रहने तथा बाँकी तराईका भू–भागमा पनि बिहानी पख हुस्सु/कुहिरोको सम्भावना रहेको देखिएकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *