• पुस १६, २०८१
  • No Comment
  • 198

कस्तो रहला आज सात प्रदेशको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशीक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशक हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *