• पुस ११, २०८१
  • No Comment
  • 191

गैँडाको खाग तस्कर पक्राउ गर्न सेनाद्धारा ५ राउन्ड हवाई फायर, एक जना नियन्त्रणमा

मकवानपुरको हेटौँडामा गैंडाको खाक तस्करलाई पक्राउ गर्न नेपाली सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको छ । हेटौँडा–५ गर्दौई र हेटौँडा–८ को सिमाना स्थित प्लटिङमा चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गैँडाको खाग तस्करलाई पक्राउ गर्न हवाई पाएर गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

घटनाबारे पूर्ण जानकारी निकुञ्ज मार्फत गर्ने गरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको उनले बताए ।

उनका अनुसार विशेष सुराकी आधारमा तस्कर पक्राउ गर्न २ वटा सवारीमा हेटौँडा आएका ७/८ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेका थिए ।

सम्बन्धित खबर

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *