• पुस १०, २०८१
  • No Comment
  • 179

जाडोमा यी चीज खाँदा बढ्‌छ कोलेस्ट्रोल ?

कोलेस्ट्रोल शरीरका कोशिकाहरूमा पाइने तत्व हो, जुन शरीरको क्रियाकलापका लागि आवश्यक हुन्छ । तर यसको अत्यधिक स्तर हानिकारक हुनसक्छ ।

उच्च कोलेस्ट्रोल, जसलाई हाइपर कोलेस्ट्रोलेमिया पनि भनिन्छ, यसले मुटु रोग र स्ट्रोकको जोखिम बढाउँछ।

शरीरमा गुड र ब्याड कोलेस्ट्रोलको स्तर बढ्‌न-घट्‌नमा खानपानको महत्त्‌वपूर्ण भूमिका हुन्छ। विशेष गरी जाडोमा केही त्यस्ता खाद्य पदार्थ धेरै खाइन्छन्, जसले तपाईंको कोलेस्ट्रोलको स्तर बढाउन सक्छन्.​

के जाडोमा कोलेस्ट्रोल बढ्‌न सक्छ ?

जाडोको मौसम स्वास्थ्यको दृष्टिले निकै चुनौतीपूर्ण हुन्छ । खानपान, जीवनशैली र अनुवांशिकता कोलेस्ट्रोल बढ्‌ने कारण बन्न सक्छन्. जाडोले प्रत्यक्ष रूपमा कोलेस्ट्रोल बढाउँदैन, तर जाडो महिनामा स्वस्थ आहार र व्यायामको तालिका कायम राख्न गाह्रो हुनसक्छ, जसले गर्दा कोलेस्ट्रोलको स्तर बढ्‌न सक्छ।

तापक्रम घट्‌दा शरीरलाई तातो राख्न फ्राइड स्न्याक्स र कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ खाने इच्छा बढ्‌छ। यस्ता धेरै खाद्य पदार्थ वर्षभरि उपलब्ध हुन्छन्, तर जाडोमा ती बढी खाइन्छन्. यहाँ केही खाद्य पदार्थहरू छन् जुन उच्च कोलेस्ट्रोलको कारण बन्न सक्छन् ।

घिउ

जाडोमा परिकारहरूमा घिउको प्रयोग धेरै हुन्छ। विशेषज्ञहरू भन्छन्, यसले खानामा स्वाद, बनावट र सुगन्ध थप्छ । यो स्वस्थ बोसोको राम्रो स्रोत हो, तर धेरै खाँदा, विशेष गरी नियमित व्यायाम नगरेको अवस्थामा, यसले शरीरमा खराब कोलेस्ट्रोलको स्तर बढाउन सक्छ।​

पनिर

​पनिर पनि नेपालमा लोकप्रिय परिकार हो । विशेषगरी पालक पनिर र पनिर टिक्काजस्ता परिकार लोकप्रिय छन् । यसमा पनि स्याचुरेटेड फ्याट धेरै हुन्छ, जसले कोलेस्ट्रोलको स्तर बढाउन सक्छ।​

रातो मासु

जाडोमा प्रायः रातो मासु मन पराइन्छ, किनभने यसले शरीरलाई तातो राख्छ। तर, यसमा स्याचुरेटेड फ्याट र कोलेस्ट्रोल धेरै हुन्छ, जसले मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ।

तारेका स्न्याक्स

​समोसा, पकौडाजस्ता फ्राइ गरिएका स्न्याक्स जाडोमा धेरै खाइन्छन्, तर यस्ता खाद्य पदार्थहरूमा ट्रान्स फ्याट अत्यधिक हुन्छ, जसले खराब कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ।

 

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *