• पुस ९, २०८१
  • No Comment
  • 148

जाडोमा शरीरमा पानीको कमी हुँदा देखिन्छन यस्ता समस्या

जाडोमा कम तिर्खा लाग्ने भएकाले पानी कम पिउने गर्छन् । यस्तो अवस्थामा तपाई पनि डिहाइड्रेसनको सिकार हुन सक्नुहुन्छ । यी लक्षणबाट थाहा पाउन सकिन्छ कि तपाईको शरीरमा पानीको कमी छ ।

हरेक मौसममा मानिसको खाने बानी परिवर्तन हुन्छ । जाडो लाग्ने वित्तिकै मानिसहरु तातो खाना खान थाल्छन् । उनीहरूले चिया र कफी बढी र पानी कम पिउन थाल्छन्. चिसो मौसमका कारण तिर्खा कम लाग्छ ।

यही कारणले गर्दा मानिसहरु आफ्नो तरल आहारमा ध्यान दिदैनन् । जाडोमा कम तिर्खा लाग्नुको अर्थ शरीरलाई पानी चाहिँदैन भन्ने होइन । जाडोमा पनि शरीरलाई सोही मात्रामा पानी चाहिन्छ । कम पानी पिउनाले डिहाइड्रेसनको शिकार बन्न सक्छ। यदि तपाईंले पानी कम पिउनुहुन्छ भने शरीरमा कस्ता लक्षणहरू देखा पर्छन् जानौं ।

टाउको दुख्नेः यदि तपाईलाई टाउकोमा भारीपन वा दुखाइ महसुस भइरहेको छ भने, तपाईले पानी कम पिउनु भएको छ भनेर बुझ्नुहोस्. शरीरमा पानीको कमीले बारम्बार टाउको दुख्ने गर्छ । शरीरमा पानीको कमीका कारण मस्तिष्कका कोशिकाहरू कम हुन थाल्छन् । इन्डियन जर्नल अफ मेडिकल रिसर्चका अनुसार शरीरमा पानीको कमीले सोच्ने र बुझ्ने क्षमतामा पनि असर गर्छ।

सुख्खा छाला : जाडोमा कम पानी पिउनुको अर्को लक्षण छालाको सुख्खापन पनि हो । जाडो मौसममा छाला सुख्खा हुनु सामान्य कुरा हो तर यदि यो बारम्बार भइरहेको छ र छाला चाउरीरहेको छ भने पानीको कमीले पनि यस्तो हुन सक्छ । लामो समयसम्म पानी कम पिउने व्यक्तिको छाला सुख्खा हुन सक्छ। जाडोमा यो समस्या झनै बढ्‌छ ।

धेरै पहेँलो पिसाबः यदि पिसाबको रंग धेरै पहेँलो छ। पिसाब कम आउछ । पिसाब फेरेपछि जलन महसुस हुन्छ भने बुझ्नुहोस् शरीरमा पानीको कमी छ । कम पानी पिउनाले तुरुन्तै पिसाबमा असर गर्छ। शरीरमा पानीको कमीले पिसाब फेर्न समस्या हुन सक्छ। यदि पिसाबको रंग गाढा पहेंलो छ भने, तपाईंले तुरुन्तै बुझ्नुपर्छ कि तपाईंले कम पानी पिउनुहुन्छ।

सुख्खा मुखः यदि तपाईको ओठ धेरै फुटेको छ, बारम्बार सुकिरहेको छ वा तपाईको घाँटी सुख्खा छ भने तपाई पानीको कमीबाट पीडित हुनुहुन्छ। मुखमा सुख्खापन महसुस भयो भने बुझ्नुहोस् शरीरमा पानीको कमी छ । मुख सुख्खा हुनुको अर्थ पानीको कमीका कारण र्याल ग्रन्थीहरूले सही मात्रामा र्याल उत्पादन गर्न नसकेको हो। यस्ता लक्षण देखिएमा धेरै पानी पिउन थाल्नुहोस् ।

मुटुमा भारीपन : लामो समयसम्म शरीरमा पानीको कमी हुँदा रगतको मात्रा पनि प्रभावित हुन्छ । यस्तो अवस्थामा मुटुले रगत आपूर्ति गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ । यसले मुटुमा दबाब दिन्छ र भारीपनको अनुभूति गराउँछ। हिँड्‌दा धेरै पटक मुटुको धड्‌कन बढ्‌छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *