• पुस ८, २०८१
  • No Comment
  • 154

खोटाङ हुलाक कार्यालयका निमित्त प्रमुख छोरासहित मृत फेला

खोटाङ जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भक्तपुरको सूर्य विनायक नगरपालिका-२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका हुन् ।

हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनले भने, “जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मङ्‌िसर २८ गते प्रशासनमा आउनुभएको थियो । आज यस्तो खबर सुनियो । ”

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्त एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका गोपाल आचार्यले बताए । गए राति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुई वटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन् ।

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

उनीहरूको शव भाडाको कोठाबाट निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । बिदामा बसेका निमित्त कार्यालय प्रमुख आचार्यको मृत्यु हुनुको कारण अहिलेसम्म प्राप्त भई नसकेको जिल्ला हुलाक कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *