- पुस ८, २०८१
- No Comment
- 37
शक्ति समूहकी संस्थापक, मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
![शक्ति समूहकी संस्थापक, मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन](https://laikakhabar.com/wp-content/uploads/2024/12/sunita-danuwar.webp)
मानव बेचबिखन विरुद्धकी अभियन्ता, शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ ।
आज बिहान जोरपाटीस्थित निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी हुन ।
उनका श्रीमानले बिहान उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । सोही क्रममा उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ । थप अनुसन्धान हुन बाँकि रहेको प्रहरीले जनाएको छ ।