• पुस ६, २०८१
  • No Comment
  • 293

जोडियो लम्की बाबियाचौर देखि सुर्खेत ३३ केभी लाईन आजैबाट बुदबुदे सब्स्टेसन लाईन चार्ज गरि बितरण गरिने

सुर्खेत बितरण केन्द्र तथा सिङ्गो कर्णाली प्रदेशले लो भोल्टेजबाट भोक्दै आएको समस्या तथा ओभर लोड भई कोहलपुर सुर्खेत ३३ के भि प्रसारण लाईन दिनहु दिन तार चुटि भोग्नु पर्ने समस्यालाई समाधानको रुपमा हेरिएको लम्कि देखि बाबिवाचैर हुदै सुर्खेत सम्मको ३३ के भि प्रसारण लाईन करिब २४ वटा पिन परिवर्तन कार्य पछि लाईन सुर्खेत सबस्टेसन सम्म चार्ज गर्न सफल भएको छ ।

पछिल्लो समय सुर्खेतमा अध्याधिक बिधुतको चाप बढी भई बिधुतको भोल्टेज कम आउने र बिधुतको तार चुडिने जस्ता समस्या भोगिरहदा त्यसको प्रत्यक्ष असर ग्राहलाई पर्दै आएको थियो । पछिल्लो समय नेपाल बिधुत प्राधिकरण सुर्खेतको लामो प्रायस पछि आसाको रुपमा हेरिएको बैकल्पिक उर्जा शक्तीको रुपमा लम्की, बाबियाचौर देखि बडिचौर हुँदै सुर्खेत सम्मको ३३ केभी लाईन आज चार्ज भएको छ ।

यसले गर्दा सुर्खेतको बिधुत समस्या ९०% समस्या समाधान हुने सुचना अधिकारी बेनि नेपाली बताउनुहुन्छ । जाडो र गर्मी समयमा कोहलपुर सुर्खेत ३३ केभी लाईन कर्णाली प्रदेशका ६ जिल्ला बाडिने र ३३ केभीमा ३३ केभी भन्दा कम भोल्टेज आउने समस्याले सुर्खेतमा गर्मी समयमा मिल, पानीको मोटर , अन्य हेभी इकुमेन्ट नचल्ने जस्ता समस्या थियो । तर यो समस्या आजैबाट हल हुदैछ उनी बताउछन् ।

कसरी बितरण गरिन्छ त बाबियाचौर सुर्खेत ३३ केभी लाईन ?

हाल सुर्खेतको बुदबुदे सबस्टेसन ३ वटा ट्रान्सर्फमर छ । ३ मध्य दुई ठुला ट्रान्सर्फमर हुन । एउटा ट्रान्सर्फमरको क्षमता १६ mva र अर्को ट्रान्सर्फमरको क्षमता ६/८ mva को छ । अब कोहलपुर सुर्खेतको ३३ केभी र बाबियाचौर सुर्खेत ३३ केभी लाईन बुदबुदे सबस्टेशन जोडिने छ । यी दुबै ३३ केभीलाई १/१ वटा ट्रान्सर्फमरमा जोडिनेछ । जसबाट एक ट्रान्सर्फमरबाट २ फिडर र अर्को ट्रान्सर्फमरबाट २ फिडर बनाईन्छ र बितरण गरिन्छ । ६०० amp लोडलाई घटारएर ३०० मा पुर्याउनेछ ।

ओभरलोडका कारण कोहलपुर सुर्खेत ३३ केभीको तार चुडिने र लो भोल्टेज आउने समस्या लगभग समाधान हुनेछ। हाल एक ट्रान्सर्फमरबाट ४ फिडर बनाई सुर्खेतमा बितरण हुँदै आएको थियो । आजबाट यो समस्या हल हुने नेपाल बिधुत प्राधिकरण सुर्खेतका फोरमेन पदम बुढा बताउनुहुन्छ

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *