• पुस ५, २०८१
  • No Comment
  • 134

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्नु पर्छ : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । उनले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गरेका छन् ।

मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको हो । कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ । मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताए । ‘कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो’, उनले भने, ‘यसलाई कडाइका साथ लागू गर्न स्मरण गराएका छौँ । अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।’

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *