• पुस ५, २०८१
  • No Comment
  • 123

‘माग्ने राजा’ फिल्ममा मिस पबीले गरिन साइन

टिकटक हुँदै मोडलिङमा चर्चित मिस पबीले फिल्म ‘माग्ने राजा’ साइन गरेकी छन् । ऋषि लामिछानेले निर्देशन गर्ने यो फिल्ममा यसअघि केदार घिमिरे र वर्षा सिवाकोटी अनुबन्धित छन् ।

वास्तविक नाम पवित्रा शाँखी भएपनि मिस पबीबाट चिनिएकी उनले यसैसाता फिल्ममा साइन गरेकी हुन् । शुक्रबार सामाजिक सञ्जालबाट समेत फिल्ममा आफू जोडिएको जानकारी दिएकी छन् ।

मिस पबी अहिले विक्की अग्रवालले निर्देशन गरिरहेको टिभी कार्यक्रम ‘कमेडी दरबार’मा काम गरिरहेकी छन् । उनले डेब्यु गर्ने बताइएको फिचर फिल्म ‘राजमहल’ अहिलेसम्म निर्माण हुन सकेको छैन । पाँचतारे होटलमा भव्य कार्यक्रम गरेर उक्त फिल्मको घोषणा गरिएको थियो ।

त्यसपछि उनी टिभी कार्यक्रमतिर सोझिएकी थिइन् । उनले टिभी श्रृंखला ‘ख्यालठट्टा’मा पनि अभिनय गरेकी थिइन् । ‘माग्ने राजा’मा केही दिनमा थप कलाकारसँग अनुबन्धनको तयारी रहेको निर्देशक लामिछानेले बताए ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *