• मंसिर १६, २०८२
  • No Comment
  • 64

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८२ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र रहेको छ।

राष्ट्र बैंकका अनुसार अध्ययनमा समेटिएका उद्योगको तथ्यांकको आधारमा यो अवस्था देखिएको हो। उद्योग क्षेत्रमै हेर्दा बिजुलीका तार तथा केबल उत्पादन गर्ने उद्योगले सबैभन्दा धेरै ९० प्रतिशत क्षमता उपयोग गरेका छन् भने गलैंचा उत्पादन उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३.०८ प्रतिशत मात्र देखिएको छ।

अध्ययनले यस्तो पनि देखाएको छ कि समीक्षा वर्षमा प्रदेशमा औद्योगिक कर्जा गत वर्षको तुलनामा १.९४ प्रतिशतले घटेको छ। कर्णाली प्रदेशमा प्रवाहित समग्र कर्जामध्ये ६.५० प्रतिशत मात्रै औद्योगिक क्षेत्रमा गएको छ।

यद्यपि पर्यटन क्षेत्रमा भने केही सुधार देखिएको छ। समीक्षा वर्षमा प्रदेशमा भित्रिने पर्यटकको संख्या १.७२ प्रतिशतले बढेको छ। भारत र चीनबाट आउने पर्यटक क्रमशः २३.८५ र २५.७७ प्रतिशतले घटे पनि तेस्रो मुलुकबाट आउने पर्यटक ९.१३ प्रतिशतले बढेका छन्।

बैंकिङ क्षेत्रमा हेर्दा कर्णाली प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ४७५ पुगेको छ भने शाखारहित बैंकिङ सेवाको संख्या १८ रहेको छ। यस अवधिमा कर्जा–निक्षेप अनुपात ६६.८५ प्रतिशत रहेको प्रतिवेदनले उल्लेख गर्छ।

उपलब्ध ऊर्जा संरचनामा कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइनको दूरी ३,५७५.७४ सर्किट किलोमिटरसम्म पुगेको नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालयले जानकारी दिएको छ।

यससँगै प्रदेशमा निर्माणाधीन मुख्य पूर्वाधार पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी–बबई डाइभर्सन — ले कार्यगतिमा प्रगति गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित खबर

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

काठमाडौं । आयुर्वेदका अनुसार बेसार औषधीय गुणले भरिपूर्ण प्राकृतिक पदार्थ हो । विशेषगरी जाडो मौसममा यसको नियमित सेवनले स्वास्थ्यमा धेरै लाभ…
चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

सुर्खेत। चौकुने गाउँपालिका–१० स्थित घाटगाँऊ स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा…
कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक समिति गठन

कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक…

सुर्खेत। नेपाल डोरितान संघ कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय डोरितान टेक्निकल सेमिनार शनिबार सुर्खेतमा सम्पन्न भएको छ। विद्यालय तथा समुदाय तहमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *