• मंसिर १६, २०८२
  • No Comment
  • 16

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ।
यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम भरिएको जानकारी प्राप्त भएको छ।
सेवाग्राहीहरूलाई फाराम भर्नुअघि कुन मितिको लागि फाराम भरिँदैछ र कार्यालयले सूचना जारी गरेको छ वा छैन भनी यकिन गर्न आग्रह गरिएको छ।

प्राविधिक सुधार र परीक्षणको क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को कोटा भुलवश खुल्दा सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको यातायात व्यवस्था कार्यालय, सुर्खेतले जनाएको छ। कार्यालयले एक सूचना जारी गर्दै आधिकारिक जानकारीबिना नै अनलाइन फाराम भर्ने कार्य भइरहेको भन्दै ध्यानाकर्षण गराएको हो।

कार्यालय प्रमुख मुकुन्दनाथ योगीद्वारा जारी सूचनामा भनिएको छ कि तालुक निकायहरूबाट प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा खुलेको र सो कारण सेवाग्राहीले कार्यालयको आधिकारिक सूचना नहुँदा पनि फाराम भरिरहेको जानकारी प्राप्त भएको छ। यसले गर्दा सेवाग्राहीहरू झुक्किने सम्भावना बढेको छ।

कार्यालयले सम्पूर्ण सेवाग्राहीहरूलाई आफूले कुन मितिको लागि लाइसेन्सको अनलाइन फाराम भर्दै हुनुहुन्छ र सो सम्बन्धमा कार्यालयले आधिकारिक सूचना प्रकाशन गरेको छ वा छैन भनी प्रष्ट रूपमा यकिन गरेर मात्र फाराम भर्न अनुरोध गरेको छ। भ्रममा परी गलत तरिकाले फाराम नभर्न कार्यालयले आग्रह गरेको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
कीर्तिपुरमा कुशल मल्लको छक्का प्रहारले चियर लिडर घाइते

कीर्तिपुरमा कुशल मल्लको छक्का प्रहारले चियर लिडर घाइते

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका क्रममा चितवन राइनोजका कप्तान कुशल मल्लको छक्का प्रहारबाट एक चियर लिडर घाइते भएकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *