• मंसिर १६, २०८२
  • No Comment
  • 134

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ।
यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम भरिएको जानकारी प्राप्त भएको छ।
सेवाग्राहीहरूलाई फाराम भर्नुअघि कुन मितिको लागि फाराम भरिँदैछ र कार्यालयले सूचना जारी गरेको छ वा छैन भनी यकिन गर्न आग्रह गरिएको छ।

प्राविधिक सुधार र परीक्षणको क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को कोटा भुलवश खुल्दा सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको यातायात व्यवस्था कार्यालय, सुर्खेतले जनाएको छ। कार्यालयले एक सूचना जारी गर्दै आधिकारिक जानकारीबिना नै अनलाइन फाराम भर्ने कार्य भइरहेको भन्दै ध्यानाकर्षण गराएको हो।

कार्यालय प्रमुख मुकुन्दनाथ योगीद्वारा जारी सूचनामा भनिएको छ कि तालुक निकायहरूबाट प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा खुलेको र सो कारण सेवाग्राहीले कार्यालयको आधिकारिक सूचना नहुँदा पनि फाराम भरिरहेको जानकारी प्राप्त भएको छ। यसले गर्दा सेवाग्राहीहरू झुक्किने सम्भावना बढेको छ।

कार्यालयले सम्पूर्ण सेवाग्राहीहरूलाई आफूले कुन मितिको लागि लाइसेन्सको अनलाइन फाराम भर्दै हुनुहुन्छ र सो सम्बन्धमा कार्यालयले आधिकारिक सूचना प्रकाशन गरेको छ वा छैन भनी प्रष्ट रूपमा यकिन गरेर मात्र फाराम भर्न अनुरोध गरेको छ। भ्रममा परी गलत तरिकाले फाराम नभर्न कार्यालयले आग्रह गरेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *