• मंसिर २२, २०८१
  • No Comment
  • 19

सुर्खेतमा संचालित ज्ञान सिन्धु सुर्खेत कलेजका विद्यार्थी प्रदेश प्रथम र द्धितिय

कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य क्षेत्र तातापानी सुर्खेतमा संचालित ज्ञान–सिन्धु सुर्खेत कलेजका विद्यार्थीले प्रदेश प्रथम र द्धितीयको नजिता हात पार्न सफल भएका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा २०८१ सालमा लिएको बि.बि.एस चौथो वर्षको परीक्षाको हालै प्रकाशित नतिजामा ज्ञान सिन्धु कलेजले प्रदेश प्रथम तथा द्वितीय स्थान हात पार्न सफल भएको हो ।

”We Believe quality and excellence” भन्ने मुल नाराका साथ संचालनमा रहेको ज्ञान–सिन्धु सुर्खेत कलेज त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्यक्षेत्र तातापानीमा आधुनिक भौतिक संरचना सहित उत्कृष्ट व्यवस्थापनका साथ संचालन भैरहेको छ ।

वि.सं.२०७० सालमा स्थापना भएको कलेजले स्नातक तहको चार वर्षे बि.बि.एस कार्यक्रम संचालन गरिरहेको छ । उक्त कार्यक्रम अन्र्तगत त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको नतिजामा कलेजका विद्यार्थीहरुले प्रदेश प्रथम र द्धितीय स्थान हासिल गरेका छन् । अहिले ज्ञान–सिन्धु सुर्खेत कलेज साउथ एसियन स्कलर्स एकेडेमी संगै सहकार्य गर्दै अघि बढि रहेको छ ।

प्रदेश प्रथम तथा द्वितीय स्थान सहित ऐतिहासिक उत्कृष्ट नतिजा हात पारेको भन्दै कलेज परिवारले खुसी ब्यक्त गरेको छ । संचालक छत्र बडुवालले भन्नु भयो विद्यार्थीको सफलता त छँदै छ हामीले विद्यार्थीको यहि सफलताको लागि गरेको मेहनतले आज फल पाएको छ । हामीले विद्यार्थीहरुलाई कस्तो खालको शिक्षा दियौ र हाम्रो शैक्षिक गुणस्तर के हो भन्ने कुरा यो नतिजाले देखाईदिएको छ । उहाँले थप्नुभयो यो नतिजाले विद्यार्थीहरु उत्कृष्ट छन भन्ने पुष्टी त ग¥यो ग¥यो त्यो संगै कलेजको पनि स्तर मापन गरिदिएको छ ।

ज्ञान–सिन्धु कलेजका संचालक गणेश अधिकारीले लाईका खबर संग प्रतिक्रिया दिदै यो सफलता कलेज परिवारको मेहनतले प्राप्त गरेको बताउनु भयो । नजिताबाट उत्साहित बन्नुभएका अधिकारीले कलेजलाई ब्यवस्थापनको पाटोमा उत्कृष्ट बनाउन मेहनत गर्ने सम्पुर्ण कलेज परिवारलाई धन्यवाद ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, मेहनत गरेर सफलता प्राप्त गर्ने बिद्यार्थी र ति उत्कृष्ट बिद्यार्थीलाई सफलताका लागि सिकाउने देखी सिक्ने वातावरण सम्म मिलाउने सबैप्रती कलेज सधै ऋणी रहने छ ।

नतिजामा प्रदेश प्रथम शिव प्रसाद पाण्डे तथा द्वितीय कमलनाथ योगीले क्रमश ८२.८ प्रतिशत तथा ८२.६प्रतिशत अंक हासिल गरेका छन् । ज्ञान सिन्धु कलेजले यो भन्दा अघि पनि दोश्रो वर्षको नजितामा कर्णाली प्रदेश प्रथम तथा तृतीय स्थान हासिल गरेको थियो भने कलेजलाई चन्द्रलोक प्रतिष्ठान काठमान्डौले उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरेको थियो । सम्मान पत्रमा प्रविधिमैत्री, प्रतिष्प्रर्धी र क्षमतावान शैक्षिक जनशक्ती उत्पादनमा त्यो संस्थाले अतुलनिय योगदान गर्दै आईरहेको उल्लेख गरको थियो । भौतिक पुर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक सस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल कलेजले आगामी दिनमा प्रतिष्प्रर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ती उत्पादनमा निरन्तर अग्रणी भुमिका निर्वाह गर्न सफल रहोस भन्दै प्रतिष्ठानले कलेजका संचालक गणेश अधिकारीलाई भब्य कार्यक्रमका बिच सम्मान–पत्र हस्तान्तरण गरेको थियो ।

ज्ञान–सिन्धु कलेजका प्रमुख केशवमान श्रेष्ठले यो कलेजले वार्षिक दर्जनौ विद्यार्थीहरुलाई लोकसेवा, बैकिङ सेवा तथा अन्य व्यवसायिक क्षेत्रमा उत्कृष्ट मानव संसाधन उत्पादन गरी पठाई रहेकोे दावी गर्नुभएको छ ।
उहाँले भन्नु भयो यो वर्ष मात्रै होईन हामीले अघिल्लो वर्ष पनि शानदार नतिजा हात परिसकेका छौ । अघिल्लो वर्षको नजिताले उत्साहित भएर कलेजमा छिटपुट देखिएका कमी कमजोरीलाई सच्याउदै विद्यार्थीको शैक्षिक गुणस्तर र शैक्षिक वातावरणमा ध्यान दियौ र यो नजिता हात पा¥यौ । हामी अझैपनी कलेजलाई व्यवस्थित र उत्कृष्ट बनाउने गरी अघि बढिरहेका छौ ।

सम्बन्धित खबर

सुर्खेतको ज्ञान सिन्धु कलेजले पायो उत्कृष्ट शैक्षिक संस्था सम्मान

सुर्खेतको ज्ञान सिन्धु कलेजले पायो उत्कृष्ट शैक्षिक संस्था सम्मान

लामो समय देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालित ज्ञान सिन्धु सुर्खेत कलेजले उत्कृष्ट शैक्षिक संस्था सम्मान पाएको छ । चन्द्रलोक प्रतिष्ठान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *