- साउन १७, २०८१
- No Comment
- 102
सुर्खेतको ज्ञान सिन्धु कलेजले पायो उत्कृष्ट शैक्षिक संस्था सम्मान
लामो समय देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालित ज्ञान सिन्धु सुर्खेत कलेजले उत्कृष्ट शैक्षिक संस्था सम्मान पाएको छ । चन्द्रलोक प्रतिष्ठान काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी क्याम्पसका सञ्चालक छत्र बडुवाललाई सम्मान पत्र दिएको हो ।
वीरेन्द्रनगर ३ तातापानीमा रहेको उक्त क्याम्पस नेपालको गुणस्तरीय शिक्षामा कर्णाली प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था बनेको र प्रविधिमैत्री, प्रतिस्पर्धि र क्षमतावान दक्षजनशक्ति उत्पादन गर्दै आएको संचालक छत्र बडुवाल बताउछन । उक्त कार्यक्रममा सम्मान ग्रहण गर्दै बडुवालले यस पुरस्कारले थप हौसला तथा विद्यार्थीकाे शिक्षा प्रति प्रेरित रहन जिम्मेवारी थपिएको कुरा महसुस गरेको बताएका छन ।
साथै भौतिक पूर्वाधार प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित गरेको छ । प्रतिष्ठानले आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादन गर्नेमा विश्वास लिएको छ । कलेजले विज्ञान, व्यवस्थापन, कानून र शिक्षा संकायमा अध्यापन गराउँदै आएको छ ।