• मंसिर २, २०८१
  • No Comment
  • 149

समान जलवायु न्यायको माग गर्दै सुर्खेतमा र्‍याली तथा नाटक प्रदर्शनी

सुर्खेत।  जलवायु परिवर्तनका कारण उत्पन्न समस्याप्रति ध्यानाकर्षण गर्दै “समान जलवायु न्यायको लागि वित्तीय सहायता सुनिश्चित गरौं” भन्ने मूल नारासहित सुर्खेतमा र्याली सम्पन्न गरिएको छ। जलवायु परिवर्तनसम्बन्धी २९औं संयुक्त राष्ट्रसंघीय सम्मेलन (COP-29) २०२४ नोभेम्बर ११ देखि २२ सम्म बाकु, अजरबैजानमा भइरहेको सन्दर्भमा, नेपालमा पनि जलवायु न्याय र समानताका लागि जनस्तरबाट आवाज उठाइएको हो।

विकासोन्मुख राष्ट्रहरूमाथि जलवायु संकटको प्रत्यक्ष प्रभाव परेको र यसलाई समाधान गर्न विकसित देशहरूले अनुदानको सट्टा ऋणको रूपमा लगानी गरिरहेकोप्रति सरोकारवालाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। र्याली र नाटक प्रदर्शन“ROYM Nepal”, “NGO Federation Nepal”, “पत्रकार महासंघ”, “KIRDRC”, “VIANET”, “PYC”, “भगवतीमाई युवा परिषद्” र “नवज्योति युवा सञ्जाल” लगायतका संघसंस्थाहरूको संयोजनमा #DEMANDING_EQUITABLE_CLIMATE_FINANCE अभियान सञ्चालन गरिएको थियो।र्याली मंगलगडी चोकबाट सुरु भई वीरेन्द्र चोक हुँदै यरी चोकसम्म पुगेको थियो। कार्यक्रममा विविध सांस्कृतिक नृत्य, सडक नाटक र नाराबाजी गरिँदै जलवायु न्यायको माग गरिएको थियो।

सरोकारवालाको धारणाकार्यक्रममा सहभागीहरूले विकासोन्मुख राष्ट्रहरूमाथि परेको जलवायु संकटको क्षतिपूर्ति अनुदानको रूपमा उपलब्ध गराउनुपर्ने र जलवायु न्यायलाई विश्वव्यापी रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। “जलवायु न्याय सुनिश्चित गर!”, “जलवायु न्यायमा लगानी बढाऊ!”, “जलवायु न्याय सबैका लागि, सधैँका लागि!” जस्ता नाराले कार्यक्रम थप आकर्षक बनाएको थियो। कार्यक्रमले जलवायु न्याय र समानताका लागि सन्देश प्रवाह गरेको र आगामी दिनमा यसप्रति जनस्तरमा व्यापक बहस र दबाब सिर्जना गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *