• कार्तिक २९, २०८१
  • No Comment
  • 151

धनगढीको लब्ली चोकबाट ३६ किलो चरेस बरामद

धनगढीको लब्ली चोकबाट प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ ।

बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।

तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *