• कार्तिक २८, २०८१
  • No Comment
  • 191

तिताे करेलाका यस्ता छन चमत्कारी फाइदाहरु

सर्वगुण सम्पन्न करेलाको स्वाद तितो हुन्छ, यसै कारण कसैलाई करेला एकदमै मन पर्दछ त कसैलाई मन नै पर्दैन ।

तर, तपाईँहरूलाई तितो करेलाको फाइदाका बारेमा थाहा नहुन पनि सक्छ । आज हामी तपाईँलाई करेलाका फाइँदाको बारेमा जानकारी दिन गइरहेका छौँ ।

यस्ता छन् तितेकरेलाका फाइदाहरु हेर्नहोस

– करेलाले पाचनशक्ति बलियो बनाउँछ साथै भोक नलाग्नेहरूलाई भोक लाग्ने बनाउँछ ।

– करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्‍याउँछ । त्यसैले शरीरमा कफ जम्मा भएको खण्डमा करेला खानु फाइदाजनक मानिन्छ ।

– करेला शीतल खाद्य सामग्री भएकाले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।

-मधुमेह भएकाहरूलाई करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।

– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी मानिन्छ ।

– दमको समस्या भएका बिरामीहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खाँदा अत्यधिक फाइदा हुन्छ ।

– करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत मिल्ने बताइन्छ ।

– पक्षघातका बिरामीहरूलाई काँचो करेला खुवाउँदा स्वास्थ्य अवस्था एकदमै राम्रो बन्दछ ।

– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गर्दा आराम मिल्दछ ।

– बान्ता, हैजा आदि रोग लागेमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गर्दा शीघ्र स्वास्थ्य लाभ हुन्छ ।

तर करेलाई पनि धेरै सेवन गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । यसलाई पनि सहि तकिाले उपयोग गर्नु पर्दछ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *