• कार्तिक २८, २०८१
  • No Comment
  • 223

सुन्तला बेचेर मनग्ये आम्दानी ,सुन्तलाखेतीमा किसान आकर्षित

दिलिप कडेल, सुर्खेतको पञ्चपुरी नगरपालिका–६ मा पर्ने खमारी गाउँका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर मनग्ये आम्दानी गरेका छन । यहाँका किसानले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर सिजनमा लाखौ कमाउन सफल भएका हुन्।

खमारीका कृषक टेक बहादुर खड्का ले यस वर्ष सुन्तला बिक्री गरेर लाखौ आम्दानी गरेको बताएका छन् किसान खड्काले मात्रै होइन, तल्लो र माथिल्लो भेकमा विभाजित खमारी ,कुवापानीमा रहेका किसानले न्यूनतम रु २० हजारदेखि अधिकतम रु ५० हजारसम्मको सुन्तला बिक्री गरी गाउँमा लाखौं रकम भित्र्याउन सफल भएका छन् ।

परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसान पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका पञ्चपुरी नगरपालिका–६ का वडाध्यक्ष नर बहादुर सिजापती बताउँछन् । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ।दस वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तला खेतीमा आकर्षित खमारीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन्।

अबको केही वर्षमा परम्परागतरूपमा धान र गहुँ लगाउने सबै बारीमा सुन्तला फल्ने छ, सुन्तला खरिद गर्न व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै सबैको आकर्षण बढेको ” कृषक टेक बहादुर खड्काको भनाई रहेको छ ।सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि व्यापारी गाउँमा आउन थालेपछि अहिले चहलपहल निकै बढेको छ।

यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै अबको आधा दशकमा मौसम अनुकूल भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान छ।कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि सुन्तला खेतीको लहर चलेको छ।पञ्चपुरीको खमारी , कुवापानी , ठाडागडा,हाँसेगाउँ ,सान्ने ,र गढिगाँउ लगायतका गाउँ सुन्तला उत्पादन पकेट क्षेत्र हुन्।

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *