• कार्तिक २७, २०८१
  • No Comment
  • 123

जाजरकोटमा फाेर्स गाडी एकआपसमा ठोकिदाँ दुर्घटना, ४ जना घाइते

 

जाजरकोटमा फोर्स गाडी एकआपसमा ठोकिदा ४ जना घाइते भएका छन ।
जाजरकोटको भेरी नगरपालिका -१२ रातोपोखरा स्थित छिन्चु -जाजरकोट सडक खण्डमा नेपालगञ्जबाट जाजरकोट तर्फ आउदै गरेको लु २ ख ५८३६ नम्बरको फाेर्स गाडी र विपरित दिशाबाट जादै गरेको लु १च ५२९९ नम्बरको फोर्स गाडी ठोकिएर दुर्घटना भएको हो ।

मंगलबार दुर्घटनामा परि घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका -३ कि २७ वर्षिय सपना कुमारी महर, नलगाड नगरपालिका- ७ जाजरकोट बस्ने ६३ वर्षिय गंगा बि.क, सोही जिल्ला कुशे गाउँपालिका ६ बस्ने २१ वर्षिय माया तिरुवा र शान्तिनगर गाउपालिका- ६ दाङ बस्ने ३७ वर्षिय बिमला थापा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक पुरोषत्तम प्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार घटनाको सुचना पाउनासाथ प्रहरी सहायक निरिक्षक देब बहादुरको कमाण्डमा ५ जनाको टोली  उद्दारका लागि  खटिएको छ । साथै  ४ जना  घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
दुबै फोर्स गाडीका चालकलाई प्रहरीको नियन्त्रयण लिएको छ । दुर्घटनाकाेबारे बाँकि अनुसन्धान भइरहेकाे छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *