• कार्तिक २६, २०८१
  • No Comment
  • 162

जाजरकोटमा जिप दुर्घटना हुँदा  ७ जना घाइते

जाजरकोट नलगाड नगरपालिका – ५ कानटाकुरामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।
आज विहान साढे ११ बजे नलगाड नगरपालिका -५ खानटाकुरा स्थित लिम्साबाट कालिमाटी तर्फ जादै गरेको भे १ ज ५९५ नम्बरको जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिपकाे ब्रक फेल हुँदा  सडकमा पल्टिएको हो ।
जिपमा सवार ७  जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुरुषोतम प्रसाद पाण्डेले लाईका खबरसंग बताए ।

घाइते हुनेमा बारेकोट गाउँपालिका- २ की करिब ७०  वर्षिय  जैकलि रोकाय, सोही ठाउँ कि करिब ७८ वर्षिय निलु सिंह, ७० वर्षिय अाेइला घर्ती , ७१ वर्षिय तुलसी पुन, ६० वर्षिय धनकली थापा, ८० वर्षिय पझि घर्ति र बारेकोट कै २१ वर्षिय ऐन प्रसाद घर्ती रहेका छन ।

अहिले घाइतेहरूकाे जिल्ला अस्पातल जाजरकाेटमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

घटनाकाे थप विवरण अाउन बाँकि छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *