• कार्तिक २६, २०८१
  • No Comment
  • 151

वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित २ जना युवा पक्राउ

वीरेन्द्रनगर १० दीपनगर टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् ।

उनीहरूलाई आइतबार बेलुका विशेष सुचनाका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूको साथबाट ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र लागुऔषध जस्तो देखिने १५ ट्याब्लेट बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखीएको छ । र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *