• कार्तिक २५, २०८१
  • No Comment
  • 77

कालीकोटमा बोलेरो जिप दुर्घटना, ९ जनाको मृत्यु, १३ जना घाइते

कालीकोटमा बोलेरो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राढुनेटामा क १ ज ५६ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

गाडीमा सवार २० जनामध्ये ९ जनाको घटनास्थलमै मृत्यु भएको र  अन्य १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर कालिकोटतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

कालिकोटको खाडाचक्र नगरपालिका-३ ताडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार विहान १० बजे तिला कर्णाली क्याम्पसबाट काठ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *