• साउन २७, २०८१
  • No Comment
  • 32

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

कालिकोटको खाडाचक्र नगरपालिका-३ ताडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार विहान १० बजे तिला कर्णाली क्याम्पसबाट काठ बोकेर ओरालो ताडी बजार झर्ने क्रममा आधारभूत स्वास्थ्य इकाइबाट चिप्लिएर कर्णाली प्रदेश ००१ त ०४७८ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटनामा खाडाचक्र नगरपालिका-३ घर भएका २५ वर्षीय चालक गणेश पाण्डे र सान्नी त्रिवेणी गाउँपालिका-५ का १५ वर्षीय अपिल विश्वकर्मा घाइते भएका छन् । विश्वककर्माको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ भने चालकको हातको औला भाँचिएको छ । ओरालोमा ब्रेक नलागेपछि ट्र्याक्टर स्वास्थ्य चौकीबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी विट ताडीका वरिष्ठ हवलदार बलवहादुर भण्डारीले बताए ।

सम्बन्धित खबर

ट्रकमा च्यापिएर चालकको मृत्यु

ट्रकमा च्यापिएर चालकको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *