- कार्तिक २५, २०८१
- No Comment
- 19
रवि लामिछानेलाई आज फेरी अदालत लगिँदै, प्रदर्शनको तयारीमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । प्रहरीले कात्तिक २० गते पाएको १० दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा उनीविरुद्धको अनुसन्धानका लागि अदालतले प्रहरीलाई गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी थप भएको उक्त म्याद सकिएको छ ।
यस्तै सभापति रवि लामिछाने पक्राउ विरुद्ध प्रर्दशनहरु अझै पनि जारी रहेका छन ।