• कार्तिक २४, २०८१
  • No Comment
  • 124

दैलेख – सुर्खेत सडक खण्डमा शुक्रबार भएको फोर्स गाडी दुर्घटनामा घाइतेहरुका आफन्तले आन्दोलन गर्दै

शुक्रबार राती दैलेख–सुर्खेत सडकखण्ड रातानाङला नजिक भएको यात्रु सवार गाडी दुर्घटनामा परी घाईते भएकाकाहरुका आफन्तले आन्दोलनको तयारी गरेका छन् । प्रशासनको चरम लापार्वाहीका कारण दुर्घटना भएको भन्दै पिडितका आफ्न्तहरुले आन्दोलनको तयारी गरेका हुन । दुर्घटना भएलगत्तै बिभिन्न स्थानमा स्थापना गरेर राखिएका प्रहरी चेकपोष्टको बिषयमा सामाजिक संजालमा ब्यापक बिरोध भएको छ ।

यती धेरै चेकपोष्टहरु हुदा हुदै पनी क्षमता भन्दा बढी सवारी कसरी चढाउन दिईयो ? प्रहरीले आफनो डिउटी सही तरिकाले निर्वाह गर्यो की गरेन भन्दै दुर्घटना हुनुमा प्रहरी पनी उत्तीकै दोषी रहेको सामाजिक संजाल फेसबुकमा प्रतिक्रियाहरु आईरहेका छन् ।

४ जनाको मृत्यू र २५ जना घाईते हुनेगरी भएको दुर्घटनामा प्रहरीको कमजोरी रहेको भन्दै बिभिन्न स्थानमा खटिएका प्रहरीलाई कारवाहीको माग राख्दै आन्दोलनको तयारी गरिएको छ । आन्दोलनमा सहभागीहरुले कार्तिक २३ गत्ते रानिमत्ता दैलेखमा भएको बस दुर्घटना होइन, हत्या हो । १५ सिटे बसमा ३५ जना यात्रु राख्न पाइदैन प्रहरी प्रशासनको पुर्ण लापरवाहीलाई अन्त्य गर दैलेखका प्रहरी चेक पोष्टका प्रहरी कर्मचारीलाई कडा कारवाही गर घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर मृतक परिवारलाई उचित क्षतिपुर्ति दे । मुखदर्शक प्रहरी प्रशासन मुर्दाबाद सवारी तथा यातायात सम्बन्धी कानुनको पुर्णपालना र नियमन गर ।

जस्ता नाराहरु लेखेर आन्दोलनको तयारी गरेका छन् ।

सम्बन्धित खबर

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट एक ७२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर…
वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *