• कार्तिक २४, २०८१
  • No Comment
  • 253

दैलेख – सुर्खेत सडक खण्डमा शुक्रबार भएको फोर्स गाडी दुर्घटनामा घाइतेहरुका आफन्तले आन्दोलन गर्दै

शुक्रबार राती दैलेख–सुर्खेत सडकखण्ड रातानाङला नजिक भएको यात्रु सवार गाडी दुर्घटनामा परी घाईते भएकाकाहरुका आफन्तले आन्दोलनको तयारी गरेका छन् । प्रशासनको चरम लापार्वाहीका कारण दुर्घटना भएको भन्दै पिडितका आफ्न्तहरुले आन्दोलनको तयारी गरेका हुन । दुर्घटना भएलगत्तै बिभिन्न स्थानमा स्थापना गरेर राखिएका प्रहरी चेकपोष्टको बिषयमा सामाजिक संजालमा ब्यापक बिरोध भएको छ ।

यती धेरै चेकपोष्टहरु हुदा हुदै पनी क्षमता भन्दा बढी सवारी कसरी चढाउन दिईयो ? प्रहरीले आफनो डिउटी सही तरिकाले निर्वाह गर्यो की गरेन भन्दै दुर्घटना हुनुमा प्रहरी पनी उत्तीकै दोषी रहेको सामाजिक संजाल फेसबुकमा प्रतिक्रियाहरु आईरहेका छन् ।

४ जनाको मृत्यू र २५ जना घाईते हुनेगरी भएको दुर्घटनामा प्रहरीको कमजोरी रहेको भन्दै बिभिन्न स्थानमा खटिएका प्रहरीलाई कारवाहीको माग राख्दै आन्दोलनको तयारी गरिएको छ । आन्दोलनमा सहभागीहरुले कार्तिक २३ गत्ते रानिमत्ता दैलेखमा भएको बस दुर्घटना होइन, हत्या हो । १५ सिटे बसमा ३५ जना यात्रु राख्न पाइदैन प्रहरी प्रशासनको पुर्ण लापरवाहीलाई अन्त्य गर दैलेखका प्रहरी चेक पोष्टका प्रहरी कर्मचारीलाई कडा कारवाही गर घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर मृतक परिवारलाई उचित क्षतिपुर्ति दे । मुखदर्शक प्रहरी प्रशासन मुर्दाबाद सवारी तथा यातायात सम्बन्धी कानुनको पुर्णपालना र नियमन गर ।

जस्ता नाराहरु लेखेर आन्दोलनको तयारी गरेका छन् ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *