• कार्तिक १३, २०८१
  • No Comment
  • 205

दसैं सकिए लगत्तै किसानलाई धान काट्न चटारो

दिलिप कडेल। हिन्दुहरूको महान् पर्व वडादसैँ सकिए लगत्तै चौकुने गाँउपालिका का अधिकांश किसान धान काट्ने काममा व्यस्त भएका छन् । मानो रोपेर मुरी फलाउन भन्दै गत असारमा रोपेको धान दशैँको टीका सकिएसँगै किसानलाई धान काट्ने चटारो परेको हो ।

कतिपय किसानले दसैँअघि नै काट्ने भएको धान समेत नकाटी दसैँ पर्वमा रमाएका थिए, अहिले उनीहरूलाई धान काट्न भ्याई नभ्याई छ । वर्षभर खाने अन्नवाली धान थन्क्याउन किसान यतिवेला लागि परेका छन् अहिले कृषकहरुले हर्दीनाथ, सुक्खा एकदेखि चारसम्म, राधा चार, साँवा मन्सुलीलगायत उन्नत जातका बीउ प्रयोग गरिरहेका छन् ।

कतिपय ठाउँमा किसानले धान काटेर पनि भित्र्याइसकेका छन् भने कतिपय ठाउँमा अहिले धान काट्ने र भित्र्याउने चटारो छ । दसैँमा रमाएका किसानहरू अहिले धान काट्न खेतबारीमा जुटेका छन् र अहिले धान काट्ने उचित समय भएको छ। चौकुने गाउँपालिका का किसान पुरन देबकोटाले गत वर्ष सुख्खा परेकोमा यस पटक समयमै वर्षा भएकाले धान उत्पादन राम्रो भएको जनाउँदै अहिले धान काट्न भ्याइनभ्याई रहेको बताउनुभएको छ ।

उहाँले धान उत्पादन राम्रो हुने देखिएपछि चौकुनेका किसान खुसी देखिएको पनि बताउनु भएको छ । उता, सबैभन्दा पहिले रोपाइ गरेका ब्युरेनि टोल , किथौरे ,गैरीडाब र गुटुखेतका केही किसानले धान काटिसकेका छन् भने अधिकांश किसान अहिले धान काट्न खेतमा व्यस्त रहेका छन् ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *