• कार्तिक १३, २०८१
  • No Comment
  • 151

दसैं सकिए लगत्तै किसानलाई धान काट्न चटारो

दिलिप कडेल। हिन्दुहरूको महान् पर्व वडादसैँ सकिए लगत्तै चौकुने गाँउपालिका का अधिकांश किसान धान काट्ने काममा व्यस्त भएका छन् । मानो रोपेर मुरी फलाउन भन्दै गत असारमा रोपेको धान दशैँको टीका सकिएसँगै किसानलाई धान काट्ने चटारो परेको हो ।

कतिपय किसानले दसैँअघि नै काट्ने भएको धान समेत नकाटी दसैँ पर्वमा रमाएका थिए, अहिले उनीहरूलाई धान काट्न भ्याई नभ्याई छ । वर्षभर खाने अन्नवाली धान थन्क्याउन किसान यतिवेला लागि परेका छन् अहिले कृषकहरुले हर्दीनाथ, सुक्खा एकदेखि चारसम्म, राधा चार, साँवा मन्सुलीलगायत उन्नत जातका बीउ प्रयोग गरिरहेका छन् ।

कतिपय ठाउँमा किसानले धान काटेर पनि भित्र्याइसकेका छन् भने कतिपय ठाउँमा अहिले धान काट्ने र भित्र्याउने चटारो छ । दसैँमा रमाएका किसानहरू अहिले धान काट्न खेतबारीमा जुटेका छन् र अहिले धान काट्ने उचित समय भएको छ। चौकुने गाउँपालिका का किसान पुरन देबकोटाले गत वर्ष सुख्खा परेकोमा यस पटक समयमै वर्षा भएकाले धान उत्पादन राम्रो भएको जनाउँदै अहिले धान काट्न भ्याइनभ्याई रहेको बताउनुभएको छ ।

उहाँले धान उत्पादन राम्रो हुने देखिएपछि चौकुनेका किसान खुसी देखिएको पनि बताउनु भएको छ । उता, सबैभन्दा पहिले रोपाइ गरेका ब्युरेनि टोल , किथौरे ,गैरीडाब र गुटुखेतका केही किसानले धान काटिसकेका छन् भने अधिकांश किसान अहिले धान काट्न खेतमा व्यस्त रहेका छन् ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *