• अशोज २२, २०८१
  • No Comment
  • 48

दुर्गा प्रसाईंको समर्थनमा आन्दोलन गर्ने ८ जना कर्तव्य ज्यान मुद्दामा पक्राउ

दुर्गा प्रसाईंको समर्थनमा आन्दोलन गर्ने ८ जना कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन ।
प्रहरीका अनुसार उनीहरुले चालक भित्रै भएको बेला पेट्रोल बम हानेर आगजनी गरेका थिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गर्दा चालकको मृत्यु भएपछि उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही गरेको हो ।

पक्राउ पर्नेमा झापाको हल्दीबारी-१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी-१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका-६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका- ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले यही असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।

त्यस्तै, गिरीबन्धु टी इस्टेट नजिक आगजनी गरिएको ट्रक चालक पोदो रायको भारतमा उपचारको क्रममा यही असोज १९ गते मृत्यु भएको छ । उनको उपचार भारतस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा भइरहेको थियो । उनको मृत्यु पश्चात कर्तव्य ज्यान मुद्दा अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

रुपन्देहीमा हसिया प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

रुपन्देहीमा हसिया प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

रुपन्देहीको कञ्चन गाउँपालिकामा हसिया प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २०…
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

आगामी फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा आयोजना हुने चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ। प्रशिक्षक राजेन्द्र…
 गाई तस्करीको प्रयास: ७ गाईसहित दुई जना पक्राउ

 गाई तस्करीको प्रयास: ७ गाईसहित दुई जना पक्राउ

रौतहट प्रहरीले ७ वटा गाईसहित दुई जनालाई पक्राउ गरेको छ। अवैध रूपमा गाई र बाछा लैजान खोज्ने कार्यमा संलग्न रहेको सूचनाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *