• अशोज ८, २०८१
  • No Comment
  • 70

तरकारी खेतीबाट मनग्य आम्दानी

पञ्चपुरी नगरपालिका–९ बिध्यापुर रागका प्रशान्त सापकोटाले सापकोटा पन्चपुरी कृषि तथा पशुपंक्षी फर्ममा व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ ।

तरकारी खेतीबाट हुने आम्दानीले सापकोटाको परिवारको खर्च र आफ्नो पढाईखर्च चल्ने गरेको छ । उहाँले खेतमा सिजन अनुसार बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । ११ रोपनी जग्गामा उहाँले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि तिन लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

“यस वर्षमा पनि ११ रोपनी जग्गामा उत्पादन राम्रै भएको छ उहाँले भन्नुभयो, “करेला ३० कुन्टल बढीको बिक्री भइसकेको छ, यसैगरि चिचिंडा ४० , कुन्टल लौका ७० भाटा १५ कुन्टल आदुवा अनि भिन्डी लगाएत हरियो सागपात, बिक्री भइसकेको बताउनुभएको छ ।” तरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उहाँको भनाइ छ । “अन्य किसानले गरेको तरकारी खेती गर्ने तौरतरिका सिकेँ” त्यसपछि तरकारी खेती गर्न थालेँ, शुरुका वर्षमा सिक्नमै लाग्यो, त्यसपछिका वर्ष उत्पादन बढ्दै गयो, परिवारको घरखर्चसँगै आफ्नो विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उहाँ बताउनुहुन्छ ।

उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको उहाँले सुनाउनुभयो । अझ “तरकारी खेतीलाई विस्तार गर्न जग्गा भाडामा लिने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “यसका लागि उपयुक्त जग्गाको खोजीमा छु ।” भारतीय तरकारीको निर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने उहाँको सुझाव छ ।

यसका लागि किसानलाई आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदानको व्यवस्था गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो

सम्बन्धित खबर

 रवि लामिछाने थप दुई दिन हिरासतमा बस्ने

 रवि लामिछाने थप दुई दिन हिरासतमा बस्ने

सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमै राख्न आदेश भएको छ। जिल्ला अदालत, काठमाडौंमा…
चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।…
मौसमी पुर्वानुमान : तराईमा हुस्सु, पहाडी भू–भागमा वर्षादेखि हिमपातसम्मको सम्भावना

मौसमी पुर्वानुमान : तराईमा हुस्सु, पहाडी भू–भागमा वर्षादेखि हिमपातसम्मको…

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *