• अशोज ८, २०८१
  • No Comment
  • 215

तरकारी खेतीबाट मनग्य आम्दानी

पञ्चपुरी नगरपालिका–९ बिध्यापुर रागका प्रशान्त सापकोटाले सापकोटा पन्चपुरी कृषि तथा पशुपंक्षी फर्ममा व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ ।

तरकारी खेतीबाट हुने आम्दानीले सापकोटाको परिवारको खर्च र आफ्नो पढाईखर्च चल्ने गरेको छ । उहाँले खेतमा सिजन अनुसार बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । ११ रोपनी जग्गामा उहाँले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि तिन लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

“यस वर्षमा पनि ११ रोपनी जग्गामा उत्पादन राम्रै भएको छ उहाँले भन्नुभयो, “करेला ३० कुन्टल बढीको बिक्री भइसकेको छ, यसैगरि चिचिंडा ४० , कुन्टल लौका ७० भाटा १५ कुन्टल आदुवा अनि भिन्डी लगाएत हरियो सागपात, बिक्री भइसकेको बताउनुभएको छ ।” तरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उहाँको भनाइ छ । “अन्य किसानले गरेको तरकारी खेती गर्ने तौरतरिका सिकेँ” त्यसपछि तरकारी खेती गर्न थालेँ, शुरुका वर्षमा सिक्नमै लाग्यो, त्यसपछिका वर्ष उत्पादन बढ्दै गयो, परिवारको घरखर्चसँगै आफ्नो विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उहाँ बताउनुहुन्छ ।

उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको उहाँले सुनाउनुभयो । अझ “तरकारी खेतीलाई विस्तार गर्न जग्गा भाडामा लिने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “यसका लागि उपयुक्त जग्गाको खोजीमा छु ।” भारतीय तरकारीको निर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने उहाँको सुझाव छ ।

यसका लागि किसानलाई आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदानको व्यवस्था गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *