• अशोज ५, २०८१
  • No Comment
  • 334

नरिवलकाे तेलकाे प्रयाेगले गर्छ यस्ता चमत्कारी फाइदा

नरिवलकाे तेलले प्राय जुनसुकै उमेरका व्यक्तिहरुले प्रयोग गर्न सकिन्छ । नरिवल तेलले हाम्रो छालको लागि निकै लाभदायक हुन्छ । यसको सही प्रयोगले मानिसको सुन्दरतालाई निखार्न थप सहयोग गर्दछ ।

नरिवलको तेलमा भिटामिन ई पाइन्छ जसले छालाको टोनलाई हल्का बनाउन मद्दत गर्दछ, साथै यसले छालालाई मोइश्चराइज राख्न पनि मद्दत गर्दछ ।

नरिवलको तेललाई एक औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई नाइटोमा लगाउँदा धेरै किसिमका स्वास्थ्य लाभ हुने विश्वास लिइँदै आएको छ । हजारौँ वर्ष अगाडिदेखि नै नरिवलको तेललाई आयुर्वेदमा प्रयोग गर्न थालिएको हो ।

अब कुरा गरौँ नरिवलको तेलको प्रयोग र फाइदाहरूका विषयमा

कपालको लागि लाभदायक

नियमित रूपमा कपालमा नरिवलको तेलको प्रयोग गर्नाले यसले कपालको सुन्दरता बढाउन मद्दत गर्दछ । नरिवलको तेलले कपाललाई हानिकारक किरणहरूबाट बचाउँछ र यसलाई नरम र सिल्कि बनाउने काम गर्दछ । कपाललाई धुलो र प्रदूषणबाट बचाउँछ । यसले तपाईँको कपाललाई प्रोटिन दिने गर्दछ र यसलाई बलियो, चम्किलो र स्वस्थ बनाउन मद्दत गर्दछ ।

छालाको लागि उपयोगी

यदि तपाईँ आफ्नो छालालाई माया गर्नुहुन्छ भने नरिवलको तेल नियमित रूपमा लगाउनुहोस् । यसले तपाईँको छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ र प्रदूषणबाट बचाउँछ । परिवर्तित मौसममा छालाको रक्षा गर्ने गर्दछ । यो एक प्राकृतिक मोइस्चराइजर हो । नरिवल तेलले छालालाई डिअक्सिफाई गर्दछ त्यसकारण नुहाइसकेपछि नियमितरुपमा आफ्नो छालामा नरिवलको तेल लगाउनुहोस् ।

मेकअप रिमुभर

नरिवलको तेललाई सबैभन्दा राम्रो क्लिनरको रूपमा मानिन्छ । मेकअप हटाउनको लागि कपासमा नरिवलको तेल हाल्नुहोस् र यसको सहयोगले मेकअप हटाउनुहोस् । यसले मेकअप त हटाउँछ नै यसले छालाको भित्र रहेको ब्याक्टेरिया पनि हटाउने गर्दछ । नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सही प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ ।

प्राइमरको रूपमा प्रयोग

जब तपाईँ बाहिर निस्कँदै हुनुहुन्छ र अनुहारमा फाउन्डेसनको प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले नरिवलको तेल लगाउनुहोस् । हातमा एक दुई थोपा नरिवलको तेल लिएर मुखभरि फैलिने गरि लगाउनुहोस् । यसले फाउन्डेसनको बेसको रूपमा काम गर्ने गर्दछ र मोइस्चराइजरको काम पनि गर्दछ ।

पेटका मांसपेशी र महिनावारीमा आराम

नरिवलको तेलमा एन्टि अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरूको तन्काईको कारणले उत्पन्न हुने दुखाइमा आराम दिन्छ ।

आँखाका लागि लाभकारी

नरिवलको तेलको प्रयोगले तपाईँको आँखाको दृष्टिमा सुधार हुन्छ । साथै नरिवलको तेल ऊर्जा प्राप्त गर्नका लागि निकै राम्रो स्रोत हो । साथै यसले हाम्रो शरीरमा मेटाबोलिजम पनि बढाउँछ । यसैगरी नरिवलको तेलको सेवन मुटुका लागि पनि राम्रो हुन्छ । धेरैजसोको अनुहारमा दाग देखिने समस्या हुन्छ । यस्तो समस्याका लागि पनि नरिवलको तेलको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई सुत्नुअघि हरेक दिन प्रयोग गर्न सक्नुहुन्छ ।
यसको सही सदुपयोग गर्नुपर्छ । कपालमा लगाउदा पनि राम्रो मानिन्छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *