- अशोज ३, २०८१
- No Comment
- 27
संविधान दिवसको अवसरमा चौकुने गाउँपालिका वडा न ८ मा सरसफाइ कार्यक्रम सम्पन्न
सुर्खेतको चौकुने गाउँपालिका वडा न ८ मा संविधान दिवसको अवसरमा वृहत् सरसफाइ कार्यक्रम आयोजना भएको छ । “हाम्रो सभ्यता हाम्रो शान, स्वच्छ चौकुने हाम्रो अभियान” भन्ने नारा सहित संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को स्वर्णिम अवसरमा चौकुने गाउँपालिकाका अध्यक्ष खडक वि क वासपानेको प्रमुख आतिथ्यमा वडा नम्बर ८ को स्वास्थ्य चौकी, सभाहल, मिलनचोक देखि विशाल बजार, वडा कार्यालय र भट्टेसेरा बजार क्षेत्रमा सरसफाई तथा संविधान दिवसको कार्यक्रम सम्पन्न गरेको छ। संविधान दिवसको अवसरमा वडा न ८ ले तय गरेको १ दिवसीय कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने निर्णय गरेको वडा न ८ का वडा अध्यक्ष कमल जि सि ले बताउनु भएको छ ।
सोही अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म वडाध्यक्षहरूको संयोजकत्वमा वडा न ८ का विभिन्न क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम आयोजना भएको हो । वडाध्यक्षहरूको संयोजकत्वमा आयोजना भएको सरसफाइ कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने , सहित स्थानीय क्रियाशील राजनैतिक दलका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, सम्पूर्ण सङ्घ संस्थाका पदाधिकारीहरू, पूर्वजनप्रतिनिधिहरू, व्यापारी, युवा, उद्योगी, समाजसेवी, शिक्षक, विद्यार्थी, , बुद्बिजिबि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी, सहयोगी तथा सहयोगीहरूको सहभागिता रहेको थियो । यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय सहयोगी मनहरुलाई वडा अध्यक्ष कमल जि सी ले ८ न वडाको तर्फबाट हार्दिक आभार सहित संविधान दिवसको शुभकामना व्यक्त गर्नु भएको छ ।