• भदौ ११, २०८१
  • No Comment
  • 255

जाजरकोटमा बाढीले पुल भत्काउँदा पठनपाठन ठप्प

अबिरल वर्षाका कारण आएको बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका-६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन ठप्प भएको छ ।  खोला तर्न नसक्दा विद्यार्थीहरुको पठनपाठन बन्द भएको हो ।

विद्यालयहरूले खोला तर्न नसक्दा विद्यार्थीहरू विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् ।

विद्यालय जाने बाटोमा रहेको भिउसखोलाको  पुल बाढिले भत्काए पछि  विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भिउसखोलामा रहेकाे पुल बाढीले भत्काए पछि  ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाकाे पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।

पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ र  विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको पूर्वाधार विकास कार्यालयले बताएकाे छ ।

 

विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाले बताएको छ ।

सम्बन्धित खबर

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

 सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा भेरीगङ्गा नगरपालिका–३ ढुङ्गेखोला निवासी ५५ वर्षीय…
चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

सुर्खेत, ५ असार । सुर्खेतको चौकुने गाउँपालिकास्थित एक होटलमा एक वृद्धको अचानक बिरामी भई मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–४…
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा…

जाजरकोट। नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२…

Leave a Reply

Your email address will not be published. Required fields are marked *