• भदौ ८, २०८१
  • No Comment
  • 24

वीरेन्द्रनगरमा सञ्चालित ओली सुपरमार्टले दियो ग्राहकलाई पुरस्कार

वीरेन्द्रनगर एरिचोक पतेनीरोडमा सञ्चालित ओली सुपरमार्टले ७ जना ग्राहकहरुलाई पुरस्कार वितरण गरेको छ । सबै सामाग्रीहरु एउटै छानाबाट उपलब्ध गराउने भन्दै शुभारम्भ गरीएको ओली सुपरमार्टले भदौ १ गते उद्घाटनका अवसरमा विभीन्न अफरहरु राखेको थियो । जसमा ओपनिङ धमका छुट योजनामा १५ सय भन्दा माथिको सामाग्री खरिद गर्ने ग्राहकहरुले बम्पर उपहार योजना अन्तर्गत तीन जनालाई रेफ्रिजेरेटर, वाटर एयर कुलर, मिक्सर प्रदान गरिने र यो अफर भदौ १ गतेदेखि कार्तिक २२ गतेसम्म लागु हुने मार्टका संचालक ओलीले जानकारी दिएका थिए ।

उनले भदौ १ गतेदेखि ८ गतेसम्मका लागि २५ प्रतिशत सम्मको छुट प्रदान गर्ने बताएका थिए । मार्ट सुभारम्भका अवसरमा सात दिन उपहार योजना अगाडी सारीएको थियो । जसमा भदौ १ गतेदेखि ७ गतेसम्म हरेक दिन ग्राहकलाई विद्युतिय पानि कित्ली उपहार दिईने योजना थियो ।

मार्टको यो पहिलो एक हप्ताका लागि राखिएको अफर हो । यसमा सबैभन्दा बढि सामान खरिद गर्ने ग्राहकहरुलार्ई छानेर सात दिनको सात उपहार स्वरुप पुरस्कार वितरण गरीएको छ । मार्टका सञ्चालक टिका वलीले यो पुरस्कार वितरण गरेका छन्

सम्बन्धित खबर

वीरेन्द्रनगरमा सञ्चालित हरी डील भुमि माध्यमिक विद्यालयमा एकदिने नि शुल्क स्वास्थ्य शिविर सञ्चालन

वीरेन्द्रनगरमा सञ्चालित हरी डील भुमि माध्यमिक विद्यालयमा एकदिने नि…

वीरेन्द्रनगर नगरपालिका ३ तातापानिमा सञ्चालित हरी डिल भुमी माध्यमिक विद्यालयले कर्णाली केएर ईन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको प्राविधिक सहयोगमा एकदिने…
यरीचोकमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै सञ्चालनमा आयो ओली सुपरमार्ट

यरीचोकमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै सञ्चालनमा आयो ओली सुपरमार्ट

वीरेन्द्रनगर यरीचौक पतेनिरोडमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै भारी छुटका योजनासहित ओली सुपरमार्ट सञ्चालनमा आएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण…

Leave a Reply

Your email address will not be published. Required fields are marked *