- साउन १८, २०८१
- No Comment
- 286
आज पाँच प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरी चल्ने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहेको छ । गण्डकी, कोशी र बाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
कोशी, कर्णाली, सुदूरपश्चिम तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

