• साउन १२, २०८१
  • No Comment
  • 32

धनुषामा रेलले चेपिएर एक युवकले गुमाए दुबै खुट्टा

जनकपुरमा गुडिरहेको रेलले चेपिएर एक युवकले दुबै खुट्टा गुमाएका छन । जनकनन्दनी गाउँपालिका-३ महुवामा शनिबार बिहान करिब १०ः५० को समयमा जयनगरबाट जनकपुर आउँदै गरेको रेल्वेको लिकमा परेर च्यापिएका हुन । उक्त घटनामा ३० वर्षीय श्रीराम दास गम्भिर घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार गुडिरहेको रेल चढ्ने क्रममा श्रीराम जयनगरको रेल्वे लिकमा खसेका थिए ।

उनको दुवै खुट्टाको घुँडामुनिको भाग काटिएको र स्थिति गम्भीर रहेको डिएसपी अवाले जानकारी दिए ।

घटना पश्चात तत्कालै उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *