• साउन १२, २०८१
  • No Comment
  • 228

धनुषामा रेलले चेपिएर एक युवकले गुमाए दुबै खुट्टा

जनकपुरमा गुडिरहेको रेलले चेपिएर एक युवकले दुबै खुट्टा गुमाएका छन । जनकनन्दनी गाउँपालिका-३ महुवामा शनिबार बिहान करिब १०ः५० को समयमा जयनगरबाट जनकपुर आउँदै गरेको रेल्वेको लिकमा परेर च्यापिएका हुन । उक्त घटनामा ३० वर्षीय श्रीराम दास गम्भिर घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार गुडिरहेको रेल चढ्ने क्रममा श्रीराम जयनगरको रेल्वे लिकमा खसेका थिए ।

उनको दुवै खुट्टाको घुँडामुनिको भाग काटिएको र स्थिति गम्भीर रहेको डिएसपी अवाले जानकारी दिए ।

घटना पश्चात तत्कालै उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *