• साउन १२, २०८१
  • No Comment
  • 38

तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । बाग्लुङ्गको बरेङ गाउँपालिका ४ का विबश खत्रीको शुक्रबार साझ ६ बजे तिनाउ नदिमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकहाँ आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको थियो । सैनामैना नगरपालिका बस्ने ८बर्षीय बिप्रन पाण्डे बेपत्ता भएका छन् । उनको खोजि कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रहरी कार्यालय बुटवलका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु हुन् । पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *