- साउन ११, २०८१
- No Comment
- 105
दैलेखको छामघाट खोलामा बगेर दुई बालिकाको मृत्यु

दैलेखको भैरवी गाउँपालिका र महाबु गाउँपालिकाको बिच सिमानामा रहेको छामघाट खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार गोठाला गएका उनिहरुलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हो ।
महाबु गाउँपालिका ३ अर्मासे घर भएका उज्जीर सिंह बुढाकी छोरी १६ बर्षीय सपना बुढा र ललित बुढाकी छोरी १४ बर्षीय भावना बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । श्री मालिका माध्यामिक विद्यालयमा सपना बुढा कक्षा ९ मा र भावना बुढा कक्षा १० मा अध्ययनरत थिए ।