• साउन २, २०८१
  • No Comment
  • 63

कालीकोटमा चट्याङ लागेर चार जना घाइते

कालीकोटको नरहरिनाथ गाउँपालिका -५ मा पर्ने लेकाली क्षेत्रमा चट्याङ लागेर चार जना घाइते भएका छन् । भेडीगोठमा लागेको चट्याङले सयौ भेडासहित चार जना गोठाला घाइते भएका हुन् । गोठमा रहेका एक सय ४१ भेडा बाख्रा पनि चट्याङ लागेर घाइते भएका छन् । घाइते हुनेमा नरहरिनाथ गाउँपालिका -७ का ३६ वर्षीय ऐनबहादुर बुढा, वर्ष १८ का गणेश बुढा, वर्ष २२ का मानबहादुर बुढा र वडा ४ घर भएका वर्ष ३१ का दानबहादुर बुढा रहेका छन् ।

चट्याङले एउटा कुकुर र एउटा खसीको ज्यान पनि गएको छ । रेडक्रस नरहरिनाथ उपशाखाका सभापति रामबहादुर बटालाले बर्षातको समयमा चरिचरनका लागि कालीकोट र बाजुराको सिमा क्षेत्रमा पर्ने भितीमा घटना भएको जानकारी दिएका छन् । घाइतेहरुको योगी नरहरिनाथ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुमध्ये दानबहादुर बुढाको अवस्था गम्भीर भएका कारण उनलाई थप उपचारका लागि उनलाई सुर्खेत अस्पताल रेफर गरिएको सभापति बटालाले बताएका छन् । अस्पतालका अनुसार दानबहादुर बुढाको शरीरको भाग धेरै जलेको छ । अन्य तीन जनाको पनि खुट्टाको भाग जलेको छ ।

सम्बन्धित खबर

दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङले दैलेख महावु गाउँपालिका-२, पिपलपाटा निवासी ३० वर्षीय डिल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *