• असार २५, २०८१
  • No Comment
  • 95

मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् ।

मंगलवार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन । उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनी बुटी बन्ने गरी आउनुपर्ने बताए ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादन मुलुक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए । उनले मागमा आएको सङ्कुचनको कारण उद्योगीहरूले ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राखे । उनले राष्ट्र बैंकले लगानीलाई प्रोत्साहन, पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्ने उल्लेख गरे ।

उनले निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहज र सुलभ गरिनुपर्ने बताए । उनले निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गरे । उनले नगद प्रवाहमा भएको समस्या,न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेकाले मनोबल उच्च बनाउने मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताए ।

उनले गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैङ्कहरूलाई प्रोत्साहन गरिनु पर्ने बताए । अध्यक्ष ढकालले सबै ऋणीले नियत बस कर्जा नतिरेको नभई वास्तविक रूपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । उनले कर्जा चुक्ता गरे लगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्न सुझाव दिए ।

सम्बन्धित खबर

आज डीभी भर्ने अन्तिम दिन

आज डीभी भर्ने अन्तिम दिन

अमेरिका प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) २०२६ का लागि असोज १६ गतेदेखि खुलेको आवेदन आज सकिँदै छ । डीभी कार्यक्रमका…
सुर्खेत काँक्रेविहारमा वनभोज बन्द

सुर्खेत काँक्रेविहारमा वनभोज बन्द

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ मा रहेको पर्यटकीय, पुरातात्त्विक एवं ऐतिहासिक स्थल काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज खान तथा रमाइलो गर्न बन्देज लगाइएको छ ।…
सुर्खेतमा बनभोजबाट फर्कदै गरेको फोर्स गाडी दुर्घटना, २६ जना घाइते

सुर्खेतमा बनभोजबाट फर्कदै गरेको फोर्स गाडी दुर्घटना, २६ जना…

सुर्खेतको वीरेन्द्रनगर-७, कपासेमा बनभोज खाएर फर्कदै गरेकाे फोर्स गाडी दुर्घटनामा परेको छ । बुधबार साँझ भएको उक्त दुर्घटनामा परी २६ जना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *