• भदौ १०, २०७८
  • No Comment
  • 7

उपत्यकाबाट दुई दिनमा बाहिरिए एक लाख मान्छे

काठमाडौं । कोरोना संकट न्यूनीकरण गर्न सरकारले निषेधाज्ञा जारी गरेपछि २ दिनमा १ लाखले मानिस काठमाडौंबाट बाहिरिएका छन्। सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाबाट बाहिरिनेको भिड लागेको हो।

उपत्यकाबाट मंगलबार मात्र ५१ हजारले उपत्यका छोडेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा रहेको छ। नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५, फर्पिङबाट ४५, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएका हुन्।

यस्तै, सोमबार ५० हजारले उपत्यका छाडेका थिए। उपत्यकामा कोरोना संक्रमण बढेसँगै १० गतेबाट नै उपत्यका छोड्नेहरू बढेका थिए। १० गते देखि १४ गतेसम्म क्रमश स् ४४ हजार ९ सय ७२, ४३ हजार ९ सय २७, ३९ हजार ४ सय ४५, ५० हजार ४ सय ५६ र ५२ हजार १ सय ९० जना गरि करिब ३ लाख जना बाहिरिएको महाशाखाले जनाएको छ।

 

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *