- फाल्गुन १४, २०७६
- No Comment
- 9
बीएलएलबी पढ्न पाउँ भन्दै वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र
सुर्खेत । बीएलएलबी पढ्न पाउनुपर्ने भन्दै प्लस २ मा कानुन संकाय पढेका विद्यार्थिहरुले वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सिद्धपाईला इंलिस मिडियम स्कुलमा कानुन संकाय पढेका ११ जना विद्यार्थीहरुले मंगलवार नगर शिक्षा शाखा वीरेन्द्रनगरलाई ध्यानाकर्षण पत्र बुझाएका हुनु । प्लस २ मा कानुन संकाय पढेका सम्पूर्ण विद्यार्थीहरुलाई स्नातक तहको बीएएलएलबी पढ्ने वातावरण सृजना गरिदिनुपर्ने उनीहरुको माग छ ।
विद्यार्थी विष्णु विवेक ढुङ्गानाका अनुसार कानुन संकाय संचालन गर्नका लागि नगर शिक्षा शाखाले मनोमानी रुपमा विभिन्न विद्यालयलाई सम्वन्धन दिएको र अहिले मध्यपश्चिम विश्वविद्यालयमा ४५ जनाले मात्रै स्नातक तह पढ्न पाउने भए पश्चात आफुहरु स्तानतक तह पढ्नबाट बन्चीत भएको विद्यार्थीको साझा धारणा छ ।