
काठमाडौं। देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले बुधबार कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति कोशीका केही स्थानसहित बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



